Logo

मेसी युरोपका लोयल खेलाडीको सूचिमा



Spread the love

१० जेठ, काडमाडाैँ – बार्सिलोनाका कप्तान लियोनल मेसी क्लबप्रति ‘सबैभन्दा निष्ठावान’ खेलाडीको सूचीमा परेका छन् ।

ट्रान्सफर मार्केटले सार्वजनिक गरेको युरोपियन क्लबका १० निष्ठावान खेलाडीको सूचीमा मेसी अटाएका हुन् । निष्ठावान खेलाडीको सूचीमा मेसी सातौं स्थानमा रहेका छन् ।

बार्सिलोनामा आबद्द भएपछि मेसीले अन्य क्लब रोजेका छैनन् । मेसीले क्लबमा १५ वर्ष ४ महिना बिताईसकेका छन् ।

मात्र १४ वर्षको उमेरमा बार्सिलोना आएका अर्जेन्टिनाका मेसीले सन् २००१ बाट जुनियर टोलीमा डेब्यु गरेका थिए ।

सन् २००४ बाट सिनियर टोलीमा डेब्यु गरेका मेसीले क्लबबाट ४ पटक च्याम्पियन्स लिग जितेका छन् । पाँच पटकको बालोन डी’ओर विजेता मेसीले १० ला लिगाको उपाधि जितेका छन् ।

यस्तै सबैभन्दा निष्ठावान खेलाडीको शीर्ष स्थानमा इटालियन क्लब चिभोका सर्जियो पेलिसियर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्