Logo

अस्पतालको ‘लापरबाहीका कारण’ डाक्टरको मृत्यु



Spread the love

९ जेठ, काठमाडौं।

आफैं सवारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन सकेनन् । पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको ‘अस्पतालको चरम लापरबाही’ का कारण मंगलबार निधन भयो । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ अग्रवाल ४२ वर्षका हुनुहुन्थ्यो ।

अग्रवालको एन्जियोग्राफीपश्चात भएको स्वास्थ्यको प्रतिकूलतालाई लिएर चिकित्सक र आफन्तहरूले गम्भीर प्रश्न उठाएका हुन् ।

वैशाख २३ गते सोमबार देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल पुुग्नुभएको थियो । चिकित्सकको सल्लाह बमोजिम सामान्य उपचार गराएर फर्किनुभएका उहाँ पुनः भोलिपल्ट श्रीमतीका साथ अस्पताल जानुभयो ।

उहाँको एन्जियोग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीर रूपमा नलिँदा उहाँको असामयिक निधन भएको भन्दै आफन्त रुष्ट बनेका छन् । उपचारकै क्रममा ‘ब्रेनडेथ’ भएपछि कोमामा पुग्नुभएका डा। विमलको मंगलबार राति साढे १० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्