Logo

म बार्सिलोनामै खुशी छु, बार्सिलोना छोड्ने कुरा हल्ला मात्र: राकिटिक



Spread the love

९ जेठ, काठमाडाैँ – बार्सिलोनाका स्टार इभान राकिटिकले बार्सिलोनामै खुशी रहेको र कार्सिलोना छाड्ने हल्ला निराधार भएको बताएका छन् । स्पेनिस महारथी छाड्दै सिरि ए क्लब ईन्टर मिलान जाने हल्ला उनले अस्विकार गरेका हुन् । उनले आफु बार्सिलोनामै खुसी रहेको समेत बताएका छन् ।

कोस्टारिकाका मिडफिल्डर पछिल्लो हप्ता ५० मिलियन युरोमा ईटालियन क्लबसंग जोडिएका थिए ।

तर ३१ बर्षका मिडफिल्डरले आफुले बार्सिलोना छाड्ने कुनै योजना नबनाएको बताएका छन् ।

‘म बर्णन गर्न सक्दिन तर अरु टिमप्रति मेरो सम्मान छ । ईन्टर महान टिम हो । हामीले उनीविरुद्व खेलेका छौ ।’ उनले भने, ‘मेरा सहकर्मी त्यहाँ छन् । म सम्मान समेत गर्छु । एउटै कुराले सबै चिज त्यहाँ लैजान सक्दैन ।’

‘म जहाँ छु, म यही रहन चाहन्छु । यदी उनीहरु मेरो बारे सोच्छन् भने मैले यहाँ राम्रो गरिरहेको छु । तर म बार्सिलोनामा खुसी छु । मेरो परिवार र छोरीहरु खुसी छन् । मेरो अर्को कुनै सोच छैन ।’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्