Logo

एउटा महिला जसले जन्माइन एकै पटक ६ जना बच्चा



Spread the love

 

 

कुनै पनि गर्भवती महिलाले एक पटकमा मात्र एउटा वा दुई ओटा बच्चा जन्माउँछिन् । कसैले त्यो भन्दा धेरै बच्चा जन्माउलान् ? यो त असम्भव छ l तर पोल्याण्डमा घटेको यस्तो घटना जस्ले सबैलाई आश्चर्य चकित बनाई दिएको छ l

एक पोल्याण्ड महिला जसले जन्माईन् एकै पटक ६ जना बच्चाहरू, जसको कारण त्यहाँका राष्ट्रपतिले समेत दिए बधाई । पोल्याण्डको एक अस्पतालमा एक महिलाले एकसाथ ६ बच्चाहरू जसमा ४ जना छोरी र २ जना छोरा रहेका छन् l

गर्भको २९ औँ हप्तामै बच्चा जन्मिएकी छिन् । जसको तौल ८९० ग्रामदेखि १.३ किलो सम्म रहेको क्राकाओस्थित विश्वविद्याल अस्पतालका प्रवक्ता मारिया भ्लोद्कोव्सकाले बताए l

आमा र बच्चाहरूको स्वास्थ्य राम्रो भएता पनि समय नपुगी जन्मिएका कारण बच्चाहरूलाई इन्कुबेटरमा राखिनेछ । अस्पतालका डाक्टरहरूको अनुमान ५ वटा बच्चा जन्माउने थियो l

तर ती गर्भवती महिलाले ६ जना बच्चाहरू जन्माइदिइन् । र डाक्टरहरूको अनुमानलाई गलत साबित गरिन l महिलाले बच्चा जन्माए पश्चात् पोल्याण्डका राष्ट्रपति आन्द्रजेज दूदाले पनि आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा आमा र बच्चाका साथ साथै अस्पतालका डाक्टरहरूलाई पनि बधाई दिए ।

प्रतिक्रिया दिनुहोस्