Logo

शंकास्पद इरानीलाई नेपाल प्रवेशमा प्रतिबन्ध



Spread the love

८ जेठ, काठमाडौं ।
सरकारले नक्कली राहदानीमा नेपाल प्रवेश गरेका दुई इरानीलाई निष्कासन गरेको छ। गृह मन्त्रालयले पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो।

अध्यागमन विभागको प्रस्तावमा ‘सचिव स्तरीय’ निर्णय गर्दै गृह मन्त्रालयले शंकास्पद रूपमा नेपाल भित्रिएका दुई इरानीलाई निष्कासन गर्ने निर्णय गरेको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

गृह मन्त्रालयले उनीहरूलाई निष्कासनगर्ने निर्णय गरेको हो। ती दुई इरानी स्पेन र डेनमार्कको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका थिए। कमजोर अध्यागमन प्रणालीको फाइदा उठाउँदै इरानीलगायत शंकास्पद गतिविधिमा संलग्न विदेशी नेपाल भित्रिने गरेका छन्। अहिले नेपाल प्रवेश गरेका इरानी क्रमशः डेनमार्क र स्पेनको नक्कली राहदानी लिएर नेपाल छिरेका हुन्।

प्रतिक्रिया दिनुहोस्