Logo

नातावाद र राजनीतिक भर्तीमा फस्दै त्रिवि सेवा आयोग



Spread the love
फाइल तस्बिर

८ जेठ, काठमाडौं ।
आफन्तलाई जागिर खुवाउने भर्ती केन्द्र बन्दै गएको आरोप खेपेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूको गतिविधि झन्झन् विवादमा पर्दै जान थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

आयोगले यसअघि तीनपटक लिएको परीक्षासमेत विवादको घेरामा परेको थियो । अहिले पनि आफ्नो पुरानै विवादित परम्परालाई दोहोर्याउँदै आयोगका पदाधिकारीहरूले अनियमित किसिमले परीक्षा सञ्चालन गर्दा सो परीक्षा विवादित मात्रै होइन अख्तियारको छानबिन घेरामा समेत पर्न पुगेको छ ।

मितव्ययी र पारदर्शी रूपमा परीक्षा सञ्चालन नगरेको आरोप खेप्दै आएका त्रिवि सेवा आयोगका पदाधिकारीमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो ।

आयोगले यसअघि २०५६, २०६८ र २०७१ सालमा परीक्षा लिएको थियो । ती सबै परीक्षामा विद्यार्थी संगठनदेखि कर्मचारी, प्राध्यापक र परीक्षा दिएका विद्यार्थीहरूले समेत अनियमितता भएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्