Logo

पोखराका सडकमै कायकीङ !



Spread the love

८ जेठ, काठमाडौं ।

उचित निकास नहुँदा पोखराको पर्यटकीय केन्द्र लेकसाइडको सडकमै आकासे पानी जमेको छ। सडकमा जमेको पानीमा स्थानीय युवाले विरोधस्वरुप कायक चलाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

पोखरा महानगरपालिका, सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणकालागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए।

नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्च पानीको उचित व्यवस्थापन नहुँदा आकासे पानी पसलमा पस्ने भएकोले बाराही चोकका ८ वटा पसल नै बन्द गर्नु पर्ने स्थानीय व्यवसायी नारायण सापकोटाले सुनाए।

प्रतिक्रिया दिनुहोस्