८ जेठ, काठमाडाैँ – आर्सनलका मिडफिल्डर हेनरिक मिखीटारियनले चेल्सीविरुद्ध हुने युरोपा लिग फुटबलको फाइनल खेल गुमाउने भएका छन् ।
आर्सनलले अजरबैजानको बाकुमा मे २९ मा चेल्सीविरुद्ध हुने फाइनलमा मिखीटारियनले नखेल्ने पुष्टि गरेको छ ।
अजरबैजान र अर्मेनियाबीचको राजनीतिक द्वन्दको कारण टिममा उनलाई नराखिएको आर्सनलले जनाएको छ। मिखीटारियनलाई मैदान उतार्दा मैदानमा हुनसक्ने अपराधिक कार्य रोक्न आर्सनलले उनलाई टिममा नराखेको हो ।
अर्मेनियाका कप्तान समेत रहेका मिखीटारियनसँग छलफल गरेर टिममा नराखिएको आर्सनलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्