७ जेठ, काठमाडौँ – जुन महिनामा खेल्ने दुई मैत्रीपूण फुटबल खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक योहान कलिनले सोमवार २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।
नेपालले जुन २ मा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग खेल्नेछ । कलिनले घोषणा गरेको टोलीमा फरवार्ड विमल घर्ती मगर र भरत खवास भने अटाएनन्। यस्तै अभिषेक रिजालले टिममा स्थान बनाएका छन् ।
यो दुई खेललाई फिफा वर्ल्ड कप २०२२ को क्वालिफायरको तयारीको रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्