६ जेठ, काठमाडौँ । सवारी लाइसेन्स लिनका लागी अर्कैका नाममा परीक्षा दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ मा बसोबास गर्ने तर हाल काठमाडौँ महानगरपालिका– १५ डल्लुमा बस्ने १८ वर्षीय विनोद शाही रहेका छन् ।
प्रहरीका अनुसार गत आइतबार नागार्जुन नगरपालिका–२ सानोभर्याङ यातायात व्यवस्था कार्यालयस्थित ट्रायल सेन्टरमा शाहले सुर्खेत वीरेन्द्रनगर घर भएका २३ वर्षीय नवीन चौलागाईको मोटरसाइकल ट्रायल परीक्षा दिन लागेको अवस्थामा फेला पारिएको र यस बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छन् ।
प्रतिक्रिया दिनुहोस्