६ जेठ,महाराजगन्ज । गएको वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी आकृतिकुमारी साहको शव पोस्टमार्टम गरिएको छ । सर्लाहीकी पाँच वर्षीया बालिका आकृतिकुमारी साहको परिवार कै स्वीकृति अनुसार नै महाराजगन्जको त्रिवि शिक्षण अस्पतालमा सोमबार पोस्टमार्टम गरिएको हो ।
मृतक आकृतिको मृत्युको कुनै सत्यतथ्य बाहिर नआएसम्म शव नलिने अडान परिवारले लिएपछि शवलाई १५ दिनदेखि नै शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो ।
अझैसम्म पनि महानगरीय प्रहरी कार्यालय महाराजगन्जले आकृतिको मृत्युसम्बन्धी मुद्दा दर्ता गर्न भने मानेको छैन । मृतकका परिवाजनका अनुसार मेडिकल काउन्सिलले अनुसन्धानका लागि शव पोस्टमार्टम आवश्यक रहेको भने पश्चात् पोस्टमार्टमका लागि स्वीकृति दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्