Logo

यस्तो छ “सी डिभिजन लिग”को खेल तालिका



Spread the love

६ जेठ, काठमाडौं – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा एफसी एस एस क्लब र सरस्वती स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको एफसी एस एस र सरस्वती भिड्ने भएका हुन् ।

उद्घाटन खेल मंगलबार अपरान्ह १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

यस्तै छनोटको पहिलो दिन हुने दोस्रो खेलमा समूह ‘बी’ को आरसी ३२ एएफसी र ललितपुर-४ युनाईटेड एफसीबीच खेल हुनेछ ।

छनोटको हरेक दिन दुई खेल हुनेछ । छनोट खेल एन्फा कम्प्लेक्स र बुद्धि विकासको खेल मैदानमा हुनेछ ।

‘सी’ डिभिजनका लागि ३८ टिमले प्रतिस्पर्धा गर्ने छन् । एन्फाले प्रतियोगितामा सहभागी ३८ टिमलाई १२ समूहमा विभाजन गरेको छ ।

छनोटबाट शीर्ष तीन क्लब ‘सी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्