६ जेठ, काठमाडाैँ – प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले कप्तान भिसेन्ट कम्पनीले क्लब छाड्ने बताएको छ । करिब ११ बर्ष बिताएका कप्तान कम्पनीले क्लब छाड्ने निर्णय गरेको सिटीले बताएका हो ।
उनले क्लबमा रहदाँ चार प्रिमियर लिग, दुई एफ ए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि जितेको थियो ।
उनले क्लबबाट ३ सय ६० खेल खेलेका थिए । जसमा २० गोल समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्