Logo

सेल्टिक स्कटल्याण्ड च्याम्पियन



Spread the love

६ जेठ, काठमाडाैँ – सेल्टिकले स्कटल्याण्डको शीर्ष डिभिजनको लिग प्रिमियरसिपको उपाधि जितेको छ ।

आइतबार भएको लिगको अन्तिम खेलमा हर्ट्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेल्टिक लिग च्याम्पियन बनेको हो ।

सेल्टिकको जितमा माइकल जोन्सटोनले दुई गोल गरे । हर्ट्सका ज्याकले एक गोल फर्काए ।

जितसंगै सेल्टिकले ३८ खेलबाट ८७ अंक जोड्दै उपाधिमा कब्जा जमाएको हो । ५१ अंक जोडेको हर्ट्स छैटौं स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्