Logo

सिजनको अन्तिम लिग खेलमा बार्सिोनाको बराबरी



Spread the love

६ जेठ, काठमाडाैँ – ला लिगा च्याम्पियन बार्सिलोनाले स्पेनिस सिजनको अन्तिम लिग खेलमा बराबरी खेलेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले इबरसंग २-२ गोलको बराबरी खेलेको हो ।

इबरको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले बराबरी खेलेको हो । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक एक गोल गरे ।

खेलको २० औं मिनेटमा कुकुरेल्लाले गोल गर्दै इबरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, मेस्सीले एक मिनेट भित्र दुई गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएको थियो । ३१ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, ४५ औं मिनेटमा इबरका ब्लासिसले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

मेसीले यो सिजन समग्रमा ५० गोल गर्दा ला लिगामा मात्रै ३६ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्