५ जेठ, धनकुटा । धनकुटामा गत शनिवार बहिनी जिस्काएको निहुँमा छुरी हानी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका वडा नम्बर–३ का २२ वर्षीया सन्तोष लिम्बू रहेका छन् ।
वैशाखे पूर्णिमाको दिन साकेला लागेको मेलामा बहिनिलाई जिस्काएको भन्दै सोही वडामा बसोबास गर्ने २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी सन्तोषमाथि छुरा प्रहार गरेका हुन् ।
गम्भीर घाइते भएका सन्तोषको उक्त घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सुरज खड्काका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र छुरा प्रहार गर्ने घनेन्द्रलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्