सायद यो संसारमा ऋण नभएको मानिस कहाँ पो हुँदैन र चाहे धनी होस् या गरिब जो कोहिले पनि आफ्नो आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। तर जुन व्यक्तिको कुण्डलीमा यदि ऋणको दोष हुन्छ ती मानिसहरूले जीवनमा ऋण तिर्न नसके धेरै कठिन समस्याहरू झेल्नु परेको हुन्छ ।
त्यसैले यदि ऋण दोष हटाउन चाहनुहुन्छ भने अपनाउनुस् यस्ता उपायहरू :
-याद राख्नुहोस् मङ्गलवार र बुधवार धन लेनदेनसँग सम्बन्धित काम कहिल्यै गर्न हुँदैन् ।
– जहिले पनि मंगलबाट पूजा, दान तथा होम गर्ने र जप गर्ने ।
– शनिवार ऋणमुक्तेश्वर महादेवको पूजा गर्ने जसले गर्दा तपाईँलाई ऋणबाट मुक्त गर्न मद्दत मिल्छ ।
– सधैँ तपाईँ रातो र सेतो लुगाको प्रयोग गर्नु होस् ।
– बुधवार श्रीगणेशको पूजा आराधना गर्ने । जसले गर्दा तपाईँलाई थप हौसला प्राप्त हुन्छ ।
– प्रत्येक दिन भगवान् शिवजीको शिवलिंगमाथि दूध चढाउने ।
प्रतिक्रिया दिनुहोस्