Logo

दाउफिन्सलाई पराजित गर्दै एपिएफ भीमनारायण गोल्डकप फुटबल च्याम्पियन



Spread the love

४ जेठ, काठमाडौ – विभागीय टिम एपीएफ क्लबले १४ औँ संस्करणको सहिद भीमनारायण अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार धनकुटामा भएको फाइनल खेलमा एपीएफले क्यामरुनको दाउफिन्सलाई पराजित गर्दै सिजनको पहिलो उपाधि हात पारेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।

पेनाल्टीमा एपीएफले दाउफिन्सलाई ३–२ गोल अन्तरले पराजित गर्याे ।

एपीएफको लागि धनश्याम थारु, रवि थिंक र हरि कार्कीले गोल गरे । यस्तै बुद्धिमान राईको प्रहार भने दाउफिन्सका गोलरक्षकले रोके ।

दाफिन्सका पेटंगा र प्रिसोको बलले मात्र पोस्टको दिशा लिएको थियो ।

उपाधिसँगै एपीएफले ४ लाख प्राप्त गर्यो । उपविजेता दाउफिन्सले २ लाखमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस्