४ जेठ, काठमाडाैँ – पोर्चुगिज क्लब पोर्टो तथा स्पेनका विश्वकप विजेता गोलकिपर इकर क्यासिलासले फुटबल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
रियल मड्रिडका लिजेण्ड क्यासिलासले शुक्रबार सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् । हृदयघात भएपछि डाक्टरले खेल जीवनमा नफर्कन सुझाव दिएपछि क्यासिलासले सन्यास लिएका हुन् ।
स्पेनका विश्वकप विजेता ३७ वर्षीय क्यासिलास दुईसाता अघि हृदयघातको कारण अस्पताल भर्ना भएका थिए । क्यासिलासलाई अभ्यासको समय हृदयघातले समातेको थियो ।
सन् २०१५ मा पोर्टो गएका क्यासिलासले रियलबाट ५ ला लिगा र ३ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । क्यासिलासले रियलबाट ७ सय खेल खेलेका थिए ।
क्यासिलासले २०१० मा विश्वकपको उपाधि समेत चुमेका छन् ।
प्रतिक्रिया दिनुहोस्