Logo

कस्तो अचम्मको घर, घरभित्रै सहर



Spread the love

धेरै घरहरू मिलेर नै सहर बन्दछ । तर यो दुनियाँमा एउटा यस्तो घर छ, जहाँ उक्त घर भित्र सहर छ ।

अमेरिकाको उत्तरी राज्य अलास्कास्थित व्हिटियर मा रहेको यो सहरको नाम बेगिच टावर हो । यो एक घरे सहरमा पुग्न त्यति सजिलो भने छैन । यहाँ पहाडी सुरुङ तथा कठिन बाटोबाट गुज्रिएर पुग्नु पर्दछ । यस सहरमा केवल एउटा मात्र १४ तले घर छ । यो एक घरे सहरमा २ सय परिवार बस्दछन् । भवनमा काम गर्ने सबै कर्मचारी तथा पसलका मालिकसमेत सोही भवनमै बस्दछन । यहाँ सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने वस्तु तथा सेवाहरू समेत राखिएको छ ।

भवनभित्र पुलिस चौकी, अस्पताल, पसल तथा चर्च पनि छन् । जसले गर्दा यहाँका मानिसहरूलाई बाहिर जानु कुनै आवश्यकता पर्दैन ।

प्रतिक्रिया दिनुहोस्