प्राय जसो सबै विद्याथीहरुले पढाइमा कम ध्यान दिने गर्दछन् l जसको फल स्वरूप परीक्षामा असफल हुने गर्दछन् l विद्याथीहरु जब पढ्न बस्छन् तब पढाइमा एक्कासि ध्यान दिन सक्दैन र पढाइमा थोरै पनि ध्यान दिँदैन l यो बानी सबै विद्याथीहरु लागु भइरहेको पाइन्छ, र यो चिन्ताजनक विषय बनिसकेको छ । तर अब यसबाट पनि छुटकारा पाउँन सकिनेछ। जसले गर्दा पढाई प्रति ध्यान बढने गर्दछ ।
यी हुन् उपायहरू जसबाट लाग्नेछ पढाइमा ध्यान :
केन्द्रित हुने
जब विद्याथीहरु पढ्न बस्छन् तब उनीहरूले एउटा मात्र विषयलाई ध्यान दिने र मनमा अनेक थरि कुरा नखेलाउने । एक पटक पढ्दा एकै विषयलाई मात्रा मनमा स्थान दिनु पर्दछ ।
पकड राख्ने
यदि विद्याथीलाई कुनै एउटा विषय पढ्न कठिन लाग्दछ भने त्यस विषयलाई बढी ध्यान दिने र कमजोर विषयमा आफ्नो पकड बढाउने प्रयास गर्ने ।
रुचि बढाउने
कुनै विषयमा पटकै रुचि छैन भने त्यस्ता विषयमा रुचि बढाउन ४–५ दिन नियमपूर्वक लगातार अभ्यास गर्ने । सुरु–सुरुमा यसो गर्दा दिक्क लागेता पनि पछि त्यसमा रुचि बढ्न सक्नेछ ।
सीमित किताब
पढ्ने भन्दैमा बढी किताब राख्नु हुँदैन । जुन विषय पढ्ने हो त्यो मात्रै राख्नुपर्छ । किनकि धरै किताबहरू भएमा पढ्न मन लाग्दैन ।
निश्चित समय
विद्याथीहरुले जति खेर पायो तेती खेर पढ्यो भने थोरै पनि पढाई प्रति ध्यान जादैन् । सो कारण विद्याथीहरुले पढ्नका लागी निश्चित समय बनाउनुपर्दछ ।
साथीसंगत
साथी बनाउँदा खेरि पनि पढ्ने साथीहरू बनाउनुपर्दछ ।जसबाट आफ्नो ध्यान पनि पढाई प्रति जाने गर्दछ । नराम्रो साथीहरूबाट टाढै बस्नुपर्दछ ।