Logo

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी



Spread the love

३ जेठ, काठमाडौँ ।

नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो ।

महालेखाले शंकास्पद रुपमा खडा गरिएको कम्पनी हाई–फ्लाई–एक्सको बिलबिजकमाथि समेत शंका व्यक्त गरेको छ ।

निगमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्