३ जेठ, काठमाडौँ ।
केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्रले एउटै बालगृहबाट १ सय २२ जना बालबालिकालाई उद्दार गरेको जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
बूढानीलकण्ठ नगरपालिका–९ स्थित सुकेधारमा रहेको ऐश्वर्य बालगृहबाट बालबालिकालाई उद्दार गरेको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले बताउनुभयो ।
मापदण्डविपरीत, बालबालिकाको अधिकार हनन हुने गरी, कानुनविपरीत बालबालिका थुपारेर बालबालिकाको बिजोग गरेको सूचनाको आधारमा उनीहरुको उद्दार गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्