Logo

कश्मिरमा सुरक्षाकर्मी र आतंकवादीबीच मुठभेड, ४ जनाको मृत्यु



Spread the love

२ जेठ, पुलवामा ।

भारतको जम्मू कश्मिरमा सुरक्षाकर्मी र आतंकवादीबीच मुठभेड हुदा ३ आतंकवादी सहित एक सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ।

आतंकवादीहरु पुलवामाको दलीपारो क्षेत्रमा रहेको एक घरमा लुकेर बसेको सूचनाको आधारमा सुरक्षाकर्मीहरुले सर्च अपरेसन गरेका थिए। त्यसक्रममा सो क्षेत्रका सबै सडकहरु बन्द गरिएको थियो।

सर्च अपरेसन चलिरहँदा आतंकवादीहरुले गोली चलाउन सुरु गरेको भारतीय सेनाले दाबी गरेको छ। अझै आतंकवादीहरु रहेको आशंकामा पुलवामामा इन्टरनेट सेवा बन्द गरिएको छ भने स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको छ।

केहीदिन अघि मात्रै कश्मिरको शोपियां क्षेत्रमा समेत सुरक्षाकर्मी र आतंकवादीबीच मुठभेड हुँदा ५ आतंकवादीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्