२ जेठ, काठमाडौं ।
आफ्नै शिशुलाई अस्पतालमा वेवारिसे छाडेको अभियोगमा मुद्दा दायर गरिएका पूर्व सभासद गायत्री साह र उनका श्रीमान राजेश महतो थुनामुक्त भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले साहलाई साधारण तारेखमा रिहा गरेको छ। त्यस्तै महतोलाई २० हजार धरौटी माग गरिएकोमा सो बुझाएर उनी पनि थुनामुक्त भएका छन्।
गत बैशाख २२ गते साह र महतोद्वयलाई ललितपुरस्थित मेडिसिटि अस्पताल परिसरबाट प्रहरीले पक्राउ गरेको थियो। बेवारिसे ढंगले शिशु छोडेको किटानी जाहेरी मेडिसिटि अस्पतालले दिएपछि प्रहरीले उनीहरूलाई अस्पतालबाटै पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्