२ जेठ, काठमाडौं ।
सरकारले बालश्रम निवारणसम्बन्धी १० वर्षे राष्ट्रिय गुरुयोजना कायान्यवनमा ल्याउने भएको छ । नेपालबाट सबै प्रकारका बालश्रम पूर्ण रुपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उदेश्य सहित सरकारले गुरुयोजना (२०७५ २०८५) कार्यान्वयनमा ल्याउन लागेको हो । गुरुयोजना कार्यान्वयनका लागि सरकारले कार्ययोजनाको मस्यौदा समेत तयार पारिसकेको जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ लाई समेत परिमार्जनसहित ल्याउने तयारी भएको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुजन जोजिजुले जानकारी दिनुभयो ।
मन्त्रालय, बालविकास संस्था तथा युनिसेफको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा उहाँले गुरुयोजना कार्यान्यवमा स्थानीय तह, प्रदेश तथा सङ्घको कस्तो भूमिका रहने भन्ने विषयमा अन्तिम छलफल चलिरहेको उहाँले बताउनुभयो । “२०७९ साल भित्र निकृष्ट प्रकारका बालश्रम उन्मूलन गर्ने योजना छ,” उहाँले भन्नुभयो, “२०८२ सालसम्म सम्पूर्ण प्रकारका बालश्रम उन्मूलन गर्ने योजना छ ।”