Logo

विधेयक फिर्ता नभए सदन र सडकबाटै आन्दोलनः कांग्रेस



Spread the love

२ जेठ, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले सरकारले ल्याएका विभिन्न विधेयक विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

नेपाल मिडिया काउन्शिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता गर्न आग्रह गर्दै उक्त दलले यो विधेयक फिर्ता नगरेर सदन र सडक दुवै ठाउबाट संघर्ष गर्ने चेतावनी दिएको हो ।

काग्रेस संसदीय दलको वुधवार बसेको बैठकले नेपालको संविधानको प्रावधान र व्यवस्था तथा भावनाको प्रतिकुल हुने गरी यी विधेयकहरु संघीय संसदमा दर्ता गरिएको आरोप लगाउँदै आफू पार्टी सदैव राष्ट्रिय सुरक्षा, मानवअधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा उभिदै सबै प्रकारका निरुङ्कुशताको विरुद्ध सङ्घर्ष गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्