२ जेठ, काठमाडाैँ – इंग्लिस क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिकवाटरलाई गाडी चलाउन प्रतिबन्ध लागेको छ ।
मादक पदार्थ सेवन गरी गाडी चलाएपछि इंग्लिस मिडफिल्डर ड्रिंकवाटरलाई इंग्ल्यान्डका प्रहरीले २० महिनाको प्रतिबन्ध लगाएको हो ।
रक्सी पिएर गाडी चलाउँदा गत अप्रिल ८ मा ड्रिंकवाटरको गाडी दुर्घटनामा परेको थियो । जसमा दुई महिला घाइते भएका थिए ।
म्यानचेस्टर युनाईटेडका उत्पादन ड्रिंकवाटर सन् २०१७ मा लेष्टर सिटीबाट चेल्सी आएका थिए ।
प्रतिक्रिया दिनुहोस्