Logo

इगोर भारतीय फुटबल टोलीको प्रशिक्षक नियुक्त



Spread the love

२ जेठ, काठमाडाैँ – भारतीय राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा क्रोएसियाका प्रशिक्षक इगोर स्टिमेक नियुक्त भएका छन् । भारतीय फुटबल फेडेरसनले बुधबार प्रशिक्षक इगोर स्टिमेकलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

क्रोएसियाको राष्ट्रिय टिम हेरिसकेका प्रशिक्षक स्टिमेकलाई भारतले दुई वर्षको लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

मुख्य प्रशिक्षक स्टेफन कोन्सटेनटाइनले पदबाट राजिनामा दिएपछि पछिल्लो समय भारतीय टोली प्रशिक्षक विहीन रहेका थिए । भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक कोन्सटेनटाइनले पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्