१ जेष्ठ, काठमाडौं ।
सरकारले सञ्चार क्षेत्र (मिडिया)मा विदेशी लगानी प्रतिबन्ध लगाउने भएको छ।
‘मिडियाको व्यापार भनेको आलु, प्याजको जस्तो होइन’, हेटौंडामा मंगलबार डिजास्टर रिकभरी सेन्टर उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना–प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने, ‘हामी विदेशी लगानीमा पूर्ण प्रतिबन्ध लगाउँछौं।’ यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ ।
कुनै पनि देशको सञ्चारमाध्यममा विदेशी लगानी छुट नभएको उनले उल्लेख गरे। राष्ट्रिय स्वार्थका लागि पनि विदेशी लगानी बन्द गर्ने गरी नयाँ ऐन ल्याउन खोजेको उनले सुनाए।
आमसञ्चारसम्बन्धी विधेयक पारित भई लागू भएपछि नेपाली पत्रकारिता इतिहासमै सुरक्षित र गहकिलो हुने दाबी उनले गरे।
प्रतिक्रिया दिनुहोस्