३० वैशाख, काठमाडौँ l जापानले विश्वकै सबैभन्दा तीव्र गतिमा कुद्न सक्ने बुलेट रेल सार्वजनिक गरेको छ l यस बुलेट रेल सन् २०३० बाट सञ्चालनमा हुने बताइएको छ l
यस बुलेट रेलको सबैभन्दा अगाडिको भाग ७२ फिट लामो रहेको छ भने यस रेलमा १० ओटा डब्बा हुनका साथ साथै उच्च गति ३ सय ६० किलोमिटर प्रतिघण्टाको रहनेछ ।
यस सञ्जालमा टोकियोसँग होक्काइडोको मुख्य सहर साप्पोरो पनि जोडिनेछ l यस बुलेट रेलमा महत्वपूर्ण प्रविधि एयर ब्रेकका साथै म्याग्नेटिक प्लेट्सको पनि प्रयोग गरिनेछ ।
यस प्रविधिलाई विशेष किसिमले तयार पारिनेछ जसका कारण भूकम्पको कुनै पनि असर नपर्ने र यसबाट निस्किने आवाज र चापलाई पनि नियन्त्रणमा राख्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्