३० बैशाख, काठमाडौ ।
जसको पछाडि नागरिकको ठूलो समूह हुन्छ, त्यो व्यक्ति नेता हो। तपाईंका पछाडि कति समर्थक छन् भन्ने मापन पनि त्यही समूहले गर्छ। चरित्र र संस्कारलाई चिन्न नसक्दा नेतामाथि ‘फलोअर’ हरूको विश्वास घट्दै गएको छ। कुनै नेताले मनपरी बोल्छ भने उसका समर्थक घट्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसका उदाहरण हुन्। केपी ओलीमा पनि त्यसको छाया देखिन थालेको छ।
संसद्मा उनको ‘निम्छरो’ प्रस्तुतिले त्यही संकेत गर्छ। दुईतिहाइ मनपरीका लागि होइन, थिएन। यही परिस्थिति विद्यमान रहे के होलारु नागरिक चाहन्छ, ‘मेरो नेता समाजमा रोलमोडल होस्।’ समाजमा रोलमोडल हुन नसक्ने व्यक्तिलाई नेता मान्न सकिन्न।
प्रसिद्ध अमेरिकन नोबेल प्राइज विजेता पिटर ड्रुकर भन्छन्, ‘फलोअरसिपबारे सोच। नेता राम्रो भएन भने समर्थक पनि हुँदैनन्। खाँचो त ‘अनुसरणकर्ता’ को हो, जो तपाईंको मार्ग पछ्याउन चाहन्छ।’ हो, समर्थक जो पनि हुन सक्छ तर अनुसरण गर्नेको संख्या बढ्यो भने त्यो व्यक्ति प्रसिद्ध हुने हो। महात्मा गान्धीका समर्थक थिएनन्, अनुसरणकर्ता धेरै भए। आज गान्धीलाई सिंगो भारतले रोलमोडल मान्छ। नेपाली समाजले बीपी कोइरालाको अवशानपछि रोलमोडल पाउन सकेन। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।