Logo

भारतीय महिला लिगमा सावित्राको अर्को ह्याट्रिक



Spread the love

३० बैशाख,  काठमाडौं – भारतीय महिला लिग फुटबल अन्तर्गत कोल्हापुर सिटीविरुद्धको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले पुनः ह्याट्रिक गरेकी छिन् ।

गुरु नानक स्टेडियममा जारी खेलमा सेथु फुटबल क्लबकी सावित्रा दोस्रो हाफमा ३ गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् ।

सावित्राले ५६, ६६ र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । हिजोको ह्याट्रिकसँगै सावित्राले भातरीय महिला लिगमा गरेको गोलसंख्या ८ पुर्याएकी छिन् ।

सावित्राले डेब्यु खेलमै ४ गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्