Logo

यी चिजहरु घरमा राख्नुभयो भने बन्न सक्छन् असफलताका कारण



Spread the love

संसारकै मुल्यवान वस्तु भनेकै समय हो । जसलाई न त कसैले रोक्न सक्दछ न त छेक्न नै यो त बस निरन्तर चलिरहन्छ । प्रत्येक मानिसको घरमा भित्तेघडी राखिएको हुन्छ किनकि यसले घरको सुन्दरता बढाउनका साथ साथै समयको महत्वबारे पनि बुजाउने गर्दछ । तर घरमा सजाइने भित्तेघडीले घरको शोभा बढाउनुको साथै दुर्भाग्य वा असफलता पनि बन्न सक्दछन् । यदि तपाईँ असफलताबाट बच्न चाहनु हुन्छ भने ध्यान दिनुहोस् यी चिजहरुलाई जसले तपाइको खराब समयबाट बचाउँदछ ।

बन्द वा फुटेको घडी

यदी कसै व्यक्तिले आफ्नो घरमा बन्द वा टुटेफुटेको घडी राखेमा सकारात्मक ऊर्जा कम भई नकारात्मक बढ्न जाने गर्दछ । सो कारण यस्तो घडीलाई घरबाट टाढा राख्नु नै उचित रहन्छ ।

घरको दक्षिण भित्तामा घडी

शास्त्रका अनुसार घरको दक्षिण दिशालाई यमको दिशा मानिन्छ । यस्ता दिशामा घडी राख्नाले बिभिन् कामहरुमा बाधा पुगी स्वास्थमा पनि खराबी आउन सक्छन् ।

घरको ढोकामा घडी

यदी कुनै मानिसले आफ्नो घरको मेनगेटमा घडी राखेको छ भने तुरुन्तै हटाई दिनुहोस् किनकि यसबाट तनाव उत्पन्न भई नकारात्मक ऊर्जाको प्रभाव पर्ने हुँदा अनेक किसिमको समस्याको सामना गर्नुपर्ने हुन्छ ।

तसर्थ घडीलाई घरको पूर्व, पश्चिम वा उत्तर दिशामा राख्नुहोस् । पूर्व दिशामा राखिएको घडीले वातावरणलाई शुभ र प्रेमपूर्ण बनाउँदछ भने पश्चिम दिशामा राखिएको घडीले घरका सदस्यहरूले नयाँ अवसर प्राप्त गर्छन् र उत्तर दिशामा राखिएको घडीले घरको आम्दानी क्षति हुनबाट जोगाउँदछ ।

प्रतिक्रिया दिनुहोस्