२७ बैशाख,काठमाडौं ।
पेट्रोल छर्केर श्रीमतीलाई जनाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका(चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउनू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् ।
५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पु¥याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्