Logo

भावविभोर हुदै प्रशिक्षक माउरीसियोले भने धन्यवाद फुटबल



Spread the love

२६ वैशाख, काठमाडौँ । बुधबार टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आयाक्सलाई नाटकीय ढंगले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । फाइनलमा स्थान सुरक्षित गरेपछि सबैभन्दा बढी भावविभोर प्रशिक्षक माउरीसियो पोचेटिनो भए। खेल सकिएपछि उनले मैदानमा भावुक हुँदै आँशु समेत झारेका थिए।

अयाक्सको मैदानमा भएको दोस्रो लिगमा पनि टोटनह्याम पहिलो हाफमा २-० ले पछि पार्यो। तर दोस्रो हाफमा उसले ३ गोल गरेर उत्कृष्ट पुनरागमन गर्न सफल भयो। टोटनह्यामका लागि लुकास माउराले ह्याट्रिक गरेका थिए।

४७ वर्षीय प्रशिक्षक पोचेटिनो खेल सकिएपछिको अन्तर्वार्तामा अन्तरबार्तामा पनि भावुक थिए । ‘म आफ्नो परिवारलाई सम्झन चाहन्छु, यो उनीहरुको लागि पनि खुसीको क्षण हो,’ उनले थपे, ‘ यो निकै विशेष क्षण हो । फुटबललाई धन्यवाद । यस्तो भावना फुटबल विना सम्भव नै छैन । जसले हामीमाथि विश्वास गर्नुभयो, सबैलाई धन्यवाद । यो क्षण शब्दमा बयान गरेर सक्दिन ।’

अब टोटनह्यामले उपाधिका लागि अर्को इंग्लिस क्लब लिभरपुलसँग जुन १ मा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्