Logo

जगजित राष्ट्रिय टिमको अभ्यासका लागि स्वदेश फर्किए



Spread the love

२६ वैशाख, काठमाडौं । नेपाली अन्तर्राष्ट्रिय फुटबल खेलाडी जगजित श्रेष्ठ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल भएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसिया र चाइनिज ताइपेइसंग मैत्रीपूर्ण खेल खेल्ने छ ।सो खेलका लागि सञ्चालित बन्द प्रशिक्षणमा जगजित सामेल भएका हुन् । लामो समयदेखि उनि अष्ट्रेलियामा बसोबास गर्दै आईरेका थिए ।

जगजितले राष्ट्रिय टिमबाट सन् २०११ मा डेब्यु गरेका लामो समयदेखि घरेलु लिग नभएपछि अष्ट्रेलिया गएका थिए । यही यहि वैशाख २४ गतेबाट मैत्रीपूर्ण खेललाई लक्षित गर्दै नेपालले अभ्यास सुरु गरेको छ ।

जुन २ तारिखमा नेपालले मलेसियासँग र जुन ६ तारिखमा चाइनिज ताइपेइसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्