२२ वैशाख, काठमाडौं ।
म्याग्दीको एक विद्यालयलाई पोर्चुगलमा बस्ने नेपालीहरुले नगद सहयोग गरेका छन् । रघुगंगा गाउँ पालिका–३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माविलाई ६५ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।
उक्त रकम विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि खर्चिने विद्यालयले जनाएको छ । पोर्चुगलमा व्यावसाय गर्ने मौवाफाटँकै ओकिल केसीले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्