१९ बैशाख, काठमाडाैैँ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे ।
बार्सिलोनाले खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । योसंगै स्वारेजले सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरे ।
पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । जसमा कप्तान मेस्सी नायक बने ।
खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्