Logo

राष्ट्रपति भण्डारी फर्किंदै, प्रधानमन्त्री ओली जाँदै



Spread the love

१८ बैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले २६ वैशाखदेखि १ जेठसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण गर्ने भएका छन् । जेठमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सातदिने अस्ट्रिया भ्रमण गर्दै छन् । यता, अमेरिकी र भारतीय अधिकारीको पनि नेपालमा भ्रमण हुँदै छ । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री ओली २६ वैशाखमा आफ्ना समकक्षी सुयान फुकको निमन्त्रणामा भियतनाम जाँदै छन् । चीनको छिमेकी भियतनाममा उच्चस्तरीय भेटवार्ता सकेर ओली समकक्षी हुन सेनको निमन्त्रणामा कम्बोडिया जानेछन् । प्रधानमन्त्री १ जेठमा स्वदेश फर्किने तय भएको छ ।

कम्बोडियाका प्रधानमन्त्री गत भदौमा बिमस्टेकको सम्मेलनका क्रममा औपचारिक भ्रमणमा आएका थिए । उनको निमन्त्रणामा प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण हुन लागेको परराष्ट्र अधिकारीले बताए ।

भियतनाम र कम्बोडियामा प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हुन लागेको हो । दुवै देशमा नेपाली दूतावास छैन । बैंककस्थित नेपाली दूतावासले भ्रमणको संयोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्