Logo

अन्तिम खेलमा नेपाल म्यानमारसँग पराजित



Spread the love

१८ बैशाख, काठमाडौं – एएफसी यु–१९ महिला च्याम्पियनसिप छनाेट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा समेत नेपाल पराजित भएको छ ।

मंगलबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित घरेलु टोली म्यानमारसंग २–१ गोल अन्तरले पराजित भएको हो ।

म्यानमारसंग पराजित भएसंगै नेपाल प्रतियोगितामा अंक विहिन हुँदै घर फर्किएको छ । सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट यस अघिनै बाहिरिसकेको थियो ।

मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा पहिलो हाफमा १–० को अग्रता लिएपनि नेपालले त्यसलाई जोगाउन सकेन ।

नेपालका लागि मनिषा राउतले पेनाल्टीमा गोल गरिन् भने म्यानमारका लागि सान थाव र मे फु कोले गोल गरीन् ।

प्रतिक्रिया दिनुहोस्