१३ वैशाख, काठमाडौं ।
उपत्यकाको फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङ जिल्लाको सीमानामा पर्ने बञ्चरेडाँडामा आधुनिक सेनिटरी ल्याण्डफिल साइट बन्ने भएको छ ।
हाल उपत्यकाको फोहोर व्यवस्थापन नुवाकोटको सिसडोलमा गरिँदै आईएको छ । सिसडोलमा फोहोर व्यवस्थापन गर्ने ठाँउको अभाव भएसँगै वैकल्पिक स्थानको रुपमा सरकारले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने योजना ल्याएको हो । यो समाचार राजधानी दैनिकमा छ ।
विहीबार एक कार्यक्रमकाबीच सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बञ्चरेडाँडामा आधुनिक ल्याण्डफिल साइटको शिलान्याश गरेका हुन् । ल्याण्डफिल साइड बनाउनका लागि सरकारले १७ सय रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्