बलिउडका फिटनेस अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुर बिचको सम्बन्धको चर्चा भारतीय सिने बजारमा गुञ्जिरहेको छ ।
पछिल्लो समय भारतीय मिडियामा यी दुई जोडी वैवाहिक बन्धनमा बाँधिने खबर आएको थियो l तर, अभिनेता कपुर फिल्मको सुटिङमा व्यस्त रहेका कारण विवाहको कुरा टारिएको थियो भने अहिले उनीहरूले मेको अन्तिम या जुन तिर वैवाहिक बन्धनमा बाँधिन सक्ने खबर बाहिरिएका छन् ।
अभिनेता कपुरले केही दिन अघि पहिलो पटक मिडियामा मलाइकासँगको विवाहबारे खबर चिर्ने काम गरेका थिए । उनले एक अन्तर्वार्ता अन्तगत आफू अहिले मात्र ३३ वर्ष पुगेकोले बिहे गर्न हतार नभएको भनी मिडियालाई जानकारी गराएका थिए l
प्रतिक्रिया दिनुहोस्