१२ वैशाख, काठमाडौँ ।
साविकको विजेता बायर्न म्युनिखले वेरडर ब्रेमेनलाई पराजित गर्दै जर्मन कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । बायर्नले वेरडर ब्रेमेनमाथि ३–२ को को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकाल्दै उपाधिनजिक पुगेको हो ।
३६औं मिनेटमा रोबर्टले गोल गर्दै बायर्नलाई खेलमा अग्रता दिलाए । ६३औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–० ले अघि बढाए । दुई मिनेटको अन्तरमा वेरडरले दुई गोल फर्काए पछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।
वेरडरका युया ओसाको र मिलोटले दुई मिनेटको अन्तरमा दुई गोल गरेका थिए । तर, ८०औं मिनेटमा रोबर्टले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई ३–२ को रोमाञ्चक जित दिलाए । बायर्नले उपाधिका लागि २६ मे मा आरबी लेपिजिजसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्