१२ वैशाख, काठमाडौँ ।
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा सिटीले बाजी मारेपछि खेल थप रोमाञ्चक बनेको छ । उसकै घरेलु मैदानमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि २–० को जित निकालेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो । जितसँगै सिटीको ३५ खेलबाट ८९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा समालिना सकेन । ५४औं मिनेटमा इकेए गुन्डोगानको पासमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६६औं मिनेटमा रहिम स्ट्रलिङको पासमा लिरोए सानेले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
अब तीन चरणको खेल बाँकी रहँदा सिटी र लिभरपुल उपाधि दौडमा रहेको छ। दुवै टोलीले बाँकी तीन खेल जिते सिटी च्याम्पियन बन्नेछ । लिभरपुल च्याम्पियन बन्न सिटीले अंक गुमाउनु पर्नेछ ।