Logo

मध्य नेपालमा जल्यो एनसेलको सिम



Spread the love

१२ बैशाख, कावासोती ।

नीजि क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नवलपुर जिल्लाका युवाहरूले एनसेलको सिम जलाएका छन् ।

सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा नवलपुरका सामाजिक अभियन्ताहरूले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने घोषणा गरेका छन् ।

सामाजिक अभियन्ता किरण भुर्तेलको संयोजकत्वमा उपस्थित युवाहरूले फलफूलचोकमा एनसेलका सिम, एनसेल सिम खरिद गर्दा लिइने फारम लगायतका एनसेलसँग सम्बन्धित कागजपत्र जलाउँदै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने उद्घोष गरेका हुन् ।

सरकारलाई ४० अर्बभन्दा बढी राजश्व नबुझाएर छलकपट गर्न थालेको भन्दै अन्य ठाउँमा पनि अभियान चलाइएको छ । नेपाल समाचारपत्रबाट ।

प्रतिक्रिया दिनुहोस्