१२ बैशाख, काठमाडाैँ – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्कले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।
प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने यस अवार्ड जित्ने क्रममा डच डिफेन्डर भिर्गिलले अर्का दाबेदार खेलाडी म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङलाई पछि पारे । पीएफएले यस अवार्ड बिहिबार भिर्गिललाई प्रदान गर्नेछ ।
यस अवार्डका लागि ६ खेलाडी मनोनयनमा परेका थिए । अवार्डका लागि भिर्गिलसंगै म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, बर्नार्डो सिल्भा, रहिम स्ट्रर्लिङ, लिभरपुलका साडियो माने र चेल्सीका फरवार्ड इडेन हाजार्ड मनोनयनमा परेका थिए ।
योसंगै यस अवार्ड लगातार दोस्रो पटक लिभरपुलका खेलाडीले जितेका छन् । गत सिजन लिभरपुलका फरवार्ड मोहमद सलाहले यस अवार्ड जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्