Logo

सिटीलाई आज शीर्षस्थानमा उक्लिने मौका



Spread the love

११ बैशाख, काठमाडौँ ।
इङलीस प्रिमिएर लिग अन्तर्गत आज उपाधि मुख्य दाबेदार म्यानचेष्टर सिटीले युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । ३ खेल खेल्न बाँकी रहँदा प्रिमिएर लिगमा साविक विजेता सिटी म्यानचेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्न लागेको छ ।

खेल नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ । लिभरपुललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिने दाउमा रहेको सिटी युनाइटेडविरुद्ध जितको रणनीतिका साथ मैदान उत्रनेछ । खराब नतिजाबाट गुज्रिरहेको युनाइटेड सिटीविरुद्ध सुखद नतिजाको खोजीमा रहनेछ ।

सिटी ३४ खेलबाट ८६ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ । १ खेल बढी खेलेको लिभरपुल ३५ खेलबाट ८८ अंकसहित शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्