११ वैशाख, पटना।
२० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ ।
पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो ।
अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितीय र बङ्गलादेश तृतीय भएको अलइन्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्