Logo

को हुन् बार्सिलोनाले ताकेका २१ वर्षिय रिचार्लिसन ?



Spread the love

७ बैशाख, काठमाडाैँ – अग्रपङ्क्तिमा लिड गर्ने स्ट्राइकरको खोजीमा रहेको क्याटलान क्लब बार्सिलोनाले ब्राजिल तथा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।

लुइस स्वारेजको केही खस्किँदो प्रदर्शनसँगै बार्सिलोना उनको विकल्पको खोजिमा व्यस्त छ । यसक्रममा बार्सिलोनाले यो सिजन एभर्टनमा उच्च प्रदर्शन गरिरहेका चिरचार्लीसनलाई अनुबन्ध गर्ने प्रयास थालेको बताइएको छ ।

रिचार्लीसन बार्सिलोनाको अग्रपङ्ति सम्हाल्न योग्य रहेको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ ।

रिचार्लिसन सन् २०१७/१८ को सिजनमा इंग्लिस क्लब वार्टफर्डबाट वर्तमान क्लब एभर्टन गएका थिए । वाटफर्डबाट ३८ लिग खेल खेल्दै उनले ५ गोलको योगदान गरेका उनले युथ करियर भने ब्राजिलियन क्लब रियल नोरेस्टेबाट सुरू गरेका थिए ।

२०१३/१४ नोरेस्टेमा बिताएका उनले २०१४/१५ को सिजन अमेरिका मिनेरो क्लबबाट फुटबल कला तिखारे । १ वर्ष अमेरिका मिनेरोको जुनियर टिममा खेलेका रिचार्लिसन अर्को वर्ष नै टोलिको सिनियर टिममा पर्न सफल भए । त्यहाँबाट उनले १ सिजनमा २४ खेल खेल्दै ९ गोल समेत गर्न सफल भए ।

२०१५/१६ को सिजन अमेरिका मिनेरोको सिनियर टिममा उत्कृष्ट लय समातेका उनि अर्को सिजन अर्थात् २०१६/१७ अर्को क्लब फ्लुमिनेन्स सरूवा भए । अमेरिका मिनेरोमा समातेको लय उनले फ्लुमिनेन्समा पनि समाते । फ्लुमिनेन्सबाट ४२ खेल खेल्दै ९ गोल गरेका रिचार्लिसन २०१७ मा युरोपियन फुटबलको स्वाद चाख्न इंग्लिस क्लब वाटफर्डमा अनुबन्ध भए ।

२०१७ को सिजन बिताएका उनले अहिले एभर्टनमा  जादुमयी प्रदर्शन गरिरहेका छन् । रिचार्लीसनले यो सिजन ३२ खेलमा १२ गोल गर्नुका साथै २ एसिस्ट समेत प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्